नागरिक उन्मुक्ति पार्टीमा संसदीय दलका नेता चौधरीलाई कारबाही गर्न माग

अत्तरिया : एउटा मन्त्री पठाउने विषयलाई लिएर विवाद बढेको नागरिक उन्मुक्ति पार्टीमा दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्न माग भएको छ।

सोही पार्टीका प्रदेश सभा सदस्य खुशीराम डङ्गौरा थारूले दलका नेता चौधरीलाई कारबाही गर्न माग गरेको हो। आफ्नो दलका नेतालाई कारबाही गर्न माग गर्दै थारुले पार्टीको अनुशासन समितिमा पत्र पठाएको छ।

वैशाख ३१ गते बसेको संसदीय दलको बैठकले बहुमतको आधारमा नेता चौधरीलाई नै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने निर्णय गरे पनि उहाँ आफू पछाडि हटेर अरूलाई मन्त्रीका लागि सिफारिस गर्नु वैधानिक नरहेको थारूको ठहर छ। मन्त्री बन्नका लागि दलको तर्फबाट रामेश्वर चौधरीको नाम सिफारिस गरिएको पत्रमा कुनै पनि वैधानिकता नरहेको थारूले समितिलाई पठाएको पत्रमा उल्लेख गरिएको छ। रामेश्वर चौधरीलाई मन्त्री पदमा पठाउने विषयमा कुनै छलफल नभएको उल्लेख गरिएको छ।

मन्त्री पदमा सिफारिसका लागि संसदीय दलको बैठकबाट सर्वसम्मत वा अल्पमत, बहुमतको सिद्धान्त अनुरूप निर्णय गरी पठाउने संसदीय दलको विधान ऐन, कानुन रहेको भन्दै थारूले दलको नेताले गम्भीर प्रकारको त्रुटि गरेको आरोप लगाएको छ। उनले नेता चौधरीलाई छानबिनको दायरामा ल्याई कमजोरीको प्रवृत्ति अनुरूप कारबाही गर्न माग गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.