प्रचण्डले भीम रावललाई भने–समय खेर नफाल्नुस्, संगै जोडिनुस्

अत्तरिया, ३ जेठ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेबाट निष्कासित नेता भीम रावललाई माओवादीसँग सहकार्य गर्न खुला आग्रह गरेका छन् ।
शनिबार अछाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा रावलको सम्पर्क कार्यालय देखेपछि दाहालले पुरानो संवादलाई सम्झँदै उक्त आग्रह दोहो¥याएका हुन् ।
उनले भने, “कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ । उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो, उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।” दाहालले रावललाई प्रत्यक्ष प्रश्न गर्दै सोधे, “किन भौँतारिई रहनुभएको छ?” र सहकार्यका लागि छलफल गर्न निम्तो दिएका छन् । “मैले भने, आउनुस्, हामी बसेर कुरा गरौँ, सहकार्य गरौँ,” भन्दै उनले रावलको हालको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
साथै दाहालले यो पनि भने कि रावलले जससँग कुरा गर्नु पर्ने हो, त्यसको सट्टा अन्यत्र ऊर्जा खर्च गरेर समय खेर फालिरहेको बताएका छन् । यो बयानले नेपाली राजनीतिमा नयाँ सम्भावित गठबन्धनको संकेत दिनसक्ने आँकलन गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.