गोदावरी नगरपालिका-१० को बजेट ९३ लाख ३० हजार ३०३ रुपैयाँ

अत्तरिया : गोदावरी नगरपालिका वडा नं १० को आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको छ । आईतबार गोदावरी नगरपालिका वडा नं १० का अध्यक्ष रविन्द्र शाही (गुड्डू) को सभापतित्वमा आयोजित वडा नवौं भेलामा प्रमुख अतिथि नगर प्रमुख विरेन्द्र भट्ट विशिष्ठ अतिथिमा उप प्रमुख शारदा देवी रोकाया लगायत वडाध्यक्षहरु, स्थानीय व्यक्तित्वहरूको उपस्थितिमा बजेट सार्वजनिक गरिएको थियो ।
समारोहमा वडा सदस्य शेर बहादुर तामाङले वडाको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गोदावरी नगरपालिकाको बजेट सिलिङ अनुसार आगामी आर्थिक वर्ष ०२२\०८३ मा वडामा ९३ लाख ३० हजार ३०३ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
जसमा भौतिक पूर्वाधार विकास तर्फ ४३ लाख ८५ हजार ३०३ , सामाजिक विकास तर्फ २७लाख ७५ हजार, आर्थिक विकास तर्फ १३ लाख ९५ हजार, विपत् व्यवस्थापन तर्फ १ लाख ७५ हजार र सार्वजनिक सेवा प्रवाह तर्फ ६ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै वडाले वैशाख ३१ गते सम्म विभिन्न शीर्षकको सेवाबाट १६ लाख ४ सय ५५ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

यस्तै अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले वडाले स्थापना कालदेखि नै मदिरा विक्रि तथा वितरणमा प्रतिबन्ध लगाउँदै आएको छ। हालसम्म सो प्रतिबन्ध पूर्ण रूपमा पालना हुँदै आएको वडाले जानकारी दिएको छ।

साथै, सडक तथा यातायात, शहरी विकास, सूचना प्रविधि, जलविद्युत, वैकल्पिक ऊर्जा, पूर्वाधार, वन तथा भू–संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, विपद् न्यूनीकरण, मानव स्रोत विकास, संस्थागत क्षमता अभिवृद्धि, स्रोत परिचालन, तथा स्थानीय योजना तथा तथ्याङ्क संकलनमा सन्तुलित बजेट विनियोजन गरिएको छ।

वडाको योजनाको पारदर्शिता, कार्यान्वयन र नागरिक सहभागिता सुनिश्चित गर्दै विकासलाई स्थानीय आवश्यकता र प्राथमिकताअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.