सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट पारित

अत्तरिया : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ आइतबार प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सांसदहरूले सर्वसम्मत समर्थन गरे।

यो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफलपछि पारित गरेको हो। विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भई प्रतिनिधिसभामा पुगेको थियो। अब, विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट कानुनी रूपमा लागू हुने व्यवस्था गरिएको छ।
यस विधेयकले देशमा चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.