अत्तरिया : गोदावरी नगरपालिका वडा नं १० का वडाध्यक्ष रविन्द्र शाहीले अब प्रत्येक घरमा धारा जडान हुने जानकारी दिएका छन्। वडामा आयोजित वडा भेला कार्यक्रममा बोल्दै उनले नगर प्रमुखको नेतृत्वमा चालिएको पहलअनुसार खानेपानी आयोजना अन्तर्गतको संरचना निर्माण कार्य सम्पन्न भइसकेको र छिट्टै शुद्ध खानेपानी घर–घरमा वितरण थालिने बताए।
वडाध्यक्ष शाहीका अनुसार, खानेपानी परियोजनाको कार्य सम्पन्न भई अहिले पाइपलाइन जडानसमेत पूरा भइसकेको छ। “अब मोटरबाट पानी तान्ने युग अन्त्य भएको छ, अब प्रत्येक घरमा सिधै धारा हुनेछ,” उनले भने।
नगर प्रमुखको कमाण्ड र समर्पित बजेटमार्फत् सञ्चालित उक्त आयोजनाले स्थानीयवासीलाई दीर्घकालीन रूपमा स्वच्छ र पहुँचयोग्य खानेपानी उपलब्ध गराउने विश्वास व्यक्त गरे।