गोदावरी नगर-९ को बजेट ९१ लाख ३४ हजार ५८८ रुपीयाँ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ ले आगामी आर्थिक वर्ष का लागि बजेट सार्वजनिक गरेको छ । आइतबार वडा कार्यालय परिसरमा नवौं वडा भेला मार्फत वडा अध्यक्ष रामलाल रानाले ९१ लाख ३४ हजार ५८८ रुपीयाँको बजेट सार्वजनिक गरेका हुन् ।

वडाले भौतिक पूर्वाधारतर्फ ५० लाख, सामाजिक विकासतर्फ २२ लाख ७५ हजार, आर्थिक विकासतर्फ १५ लाख , वातावरण तथा विपद व्यवस्थापनतर्फ २० हजार र सार्वजनिक सेवातर्फ ४ लाख१४ हजार ५८८ बजेट विनियोजन गरिएको वडा अध्यक्ष रानाले सभामा जानकारी गराए ।

नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा चलिरहेको नवौं वडा भेलामा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाबासी लगायत सञ्चाकर्मीहरुको उपस्थिति रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.