बाटोमै सुत्केरी भएकी महिलालाई सांसद देबकोटाको सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ मा अकस्मात व्यथा लागेर बाटोमै बच्चा जन्माएकी एक महिलालाई प्रदेश सांसद तुलसी देवकोटाले भेटेकी छन्।
सुत्केरी भएकी बझाङको थलारा गाउँपालिका की २४ वर्षीय चन्द्रा आचार्यलाई देबकोटाले भेटेर लुगा प्रदान गरेकी हुन्। मानवीय संवेदनशीलताको आधारमा अस्पताल पुगेर चन्द्रालाई भेटेको बताउँदै सांसद देबकोटाले कठिन परिस्थितिमा बच्चा जन्माएकी महिलाको हौसला बढाउन आफू पुगेको जनाइन्। सुत्केरी भएपछि आचार्य अहिले पद्मा अस्पतालमा स्वास्थ्य लाभ लिइरहेकी छन्। सोमबार बिहान ड्युटीमा रहेकी महिला प्रहरी चन्द्रिका देउबाले सडकमा सुत्केरी भएकी चन्द्रालाई सुरक्षित रूपमा अस्पताल पुर्याउने काम गरेकी थिइन्। उक्त घटना सामाजिक सञ्जालमा भाइरल बनेपछि धेरैले चासो दिएका थिए।
चन्द्रा आचार्यका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन्। परिवार टाढा रहेका बेला अचानक प्रसव पीडा सुरु भएपछि उनी स्थानीयको सहयोगमा बाटोमै सुत्केरी भएकी हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.