सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले सरोकारवाला निकायसंग छलफल गर्ने

अत्तरिया, ७ जेठ : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका सरोकारवाला निकायसंग छलफल गर्ने भएको छ । बुधबार समितिका संयोजक लोकरजा पाण्डेय ‘आगो’ अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पास भएपछि त्यसपछिको चरणका कार्यहरु गर्नका लागि छलफल गर्न लागेको समितिका सचिव धर्मसिंह कुँवरले जानकारी दिए । समितिले विधेयक पास भएकोमा जेठ ८ अर्थात भोली प्रदेश र संघ सरकारलाई धन्यवाद सहितको ज्ञापन पत्र बुझाउने छ ।
सचिव कुँवरका अनुसार जेठ १० गते विभिन्न पार्टीका सुदूरपश्चिम नेतृत्व संग छलफल गर्ने भएको छ । यस्तैगरी जेठ ११ गते प्रदेश सरकार दलका नेताहरुसंगल छलफल गर्ने निर्णय भएको कुँवरले जानकारी दिए । बैठकमा समितिका उपलब्ध पदाधिकारी, सदस्य, प्राध्यापक र स्थानीयहरुको सहभागिता रहेको थियो

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.