हाटखोलीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

अत्तरिया : कैलालीमा पानीमा डुबेर बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ हाडखोली खोलाको पानीमा डुबेर एक ८ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
खोलामा डुबेर गौरीगंगा नगरपालिका–४ का प्रकाश ढोलीका ८ वर्षीय छोरा कृस नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले जानकारी दिए । उनकाअनुसार बिहीबार दिउँसो करिब १ हाडखोली खोलामा बनेको तालमा पौडी खेल्ने क्रममा बालक डुबेका थिए ।

स्थानीयहरूले डुबिरहेको अबस्थामा देखेपछि बालकलाई तालबाट बाहिर निकाली खाली जमिनमा राखेका थिए। तर उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.