टीकापुरमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

अत्तरिया : कैलालीको टीकापुरमा सवारी दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। टीकापुर नगरपालिका–७ को बटनपुरस्थित भित्री सडकखण्डमा २जेठको बिहान करिब १० बजे पैदल हिँडिरहेकी ४० वर्षीया दिपा चौधरीलाई १८ वर्षीय लोकेन्द्र साउँदले चलाएको से ७ प६९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट चौधरीको टाउको र भित्री अंगमा गम्भीर चोट लागेको थियो। घाइते चौधरीलाई तत्काल टिकापुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज, बाँके रिफर गरिएको थियो। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उपचारकै क्रममा बिहीबार दिउँसो चौधरीको मृत्यु भएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.