कैलालीको घोडाघोडीमा ट्रक गर्लाम्मै पल्टियो, चालक घाईते

अत्तरिया : कैलालीमा ट्रक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १० को राधेराधे मन्दिर नजिकै लुप्र०१००१ ख ०४८१ नम्बरको ट्रक अनियन्त्रित भएर गर्लाम्मै पल्टिएको प्रहरीले जनाएको छ । ट्रक धनगढीतर्फ आइरहेको थियो ।

दुर्घटनामा परेर ट्रक चालक कपिलवस्तुका सिताराम थारू चौधरी घाइते भएका छन् । उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.