अत्तरिया : कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । टीकापुर नगरपालिका–२ सितापुरकी २२ वर्षीया कविता ठकुल्लाले शुक्रबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनी कोठामा झुन्डिएको स्थितिमा भेटिएकी थिईन् । राति साढे ११ बजे घरको कोठाभित्र पंखामा पासो लगाई झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा खटिएको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।