अत्तरिया : बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटनामा परेको छ । प्रहरीकाअनुसार जगन्नाथ गाउँपालिका-३ मा टेलिकमको जिप दुर्घटना भएको खबर प्राप्त भएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर केसीले नेपाल टेलिकमको गाडी दुर्घटनामा परेको खबर प्राप्त भएको जानकारी दिए । दुर्घटनामा गाडीमा सवार केही कर्मचारीको घटनास्थलमै मृत्यु भएको स्थानीय खबर गरेपनि प्रहरी टोली त्यहाँ नपुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।