अत्तरिया, १४ जेठ : हेमा श्री फाउन्डेसन नेपालले गोदावरी नगरपालिका–२ स्थित समता स्कुललाई आर्थिक सहयोग गरेको छ ।
स्कुलको नवनिर्मित भवन तथा भौतिक संरचना खरिदमा सहयोग पुगोस् भन्ने उद्देश्य र सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ४० हजार नगद सहयोग गरिएको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए ।
विद्यालयकी प्राध्यापक रितु पाण्डे शाहुलाई फाउन्डेसनकी कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवरको उपस्थितिमा उक्त रकम प्रदान गरिएको हो ।
गौरीगंगा नगरपालिका–६ मा रहेको फाउन्डेसनले सामाजिक क्षेत्र र बालबालिकालाई शैक्षिक प्रोत्साहन गर्दै विभिन्न सहयोगका कार्य गर्दै आएको छ ।
सम्बन्धित पाेस्टहरु