अत्तरिया : उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमटेड कृष्णपुर शाखाद्वारा उद्यमशीलता विकास अन्तर्गत धूप बनाउने तालिम सम्पन्न गरिएको छ। सहकारी संस्थामा आबद्ध महिला सदस्यहरूलाई लक्षित गरी आयोजित उक्त तालिममा ३२ जना महिलाहरूको सहभागिता रहेको थियो।
कृष्णपुर सेवा केन्द्रमा सञ्चालन गरिएको तालिमबारे शाखा प्रमुख सुरेन्द्र देव भट्टले सहभागी महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा रोजगारीमूलक सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए। उनले सहकारीले प्रत्येक वर्ष कृषि, व्यवसाय तथा सीपमूलक क्षेत्रमा विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको जानकारी दिए।
यस्तै बिहीबार सम्पन्न तालिम कार्यक्रम शाखा समन्वय उपसमिति संयोजक रेखा बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो।