धनगढीमा गुरुद्वाराले गर्यो सर्वतपानी वितरण

अत्तरिया : कैलालीको धनगढीमा अवस्थित गुरुद्वारा गुरु नानक सत्सङ्गले शुक्रवार सर्वतपानी (सितल जल) वितरण गरेको छ। गुरु अर्जुन देव जीको सहिदी गुरु पर्वको अवसरमा निःशुल्क सर्वतपानी खुवाईने कार्यक्रम आयोजना गरिएको हो। गुरु अर्जुन देव जीको सहिदी दिवसलाई स्मरण गर्दै धार्मिक अवसरका माध्यमबाट सेवा भाव अन्तर्गत गर्मीको मौसममा सडकमा हिँडडुल गर्ने सर्वसाधारणलाई राहत पुगोस् भन्ने उद्देश्यले सर्वतपानी वितरण गरिएको गुरुद्वाराका सदस्य सोनु सिंहले जानकारी दिएको छ। गर्मीमा असहजता हुने अवस्थामा चिसो पानीले केही राहत दिने सोचले यो सेवा सञ्चालन गरिएको गुरुद्वाराका सदस्य सोनु सिंहले बताए।

गुरु अर्जुन देव जीको जन्म १५ अप्रिल १५६३ मा अमृतसरको गोइंदवालमा गुरु रामदास जी र माता भानी जीको पुत्रका रूपमा भएको थियो। उनी धार्मिक आस्था, सहिष्णुता र सेवाभावका प्रतीक थिए उनले श्री गुरु ग्रन्थ साहिबको सम्पादन गरी सबै गुरुवाणी तथा अन्य धर्मका सन्तहरूको वाणी समावेश गरे। उनका २,२१८ शबदहरू ३० रागमा ग्रन्थमा समावेश छन्।

सन् १६०६ मा मुगल बादशाह जहाँगीरको आदेशमा पाँच दिनसम्म कठोर यातना दिइ उनलाई शहीद बनाइएको थियो। गुरु अर्जुन देव जीको बलिदानले धार्मिक सहिष्णुता र मानवता प्रतिको समर्पणको प्रेरणादायी सन्देश दिन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.