बैतडीमा मिनी ट्रकले ठक्कर दिँदा वृद्धको मृत्यु

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ बिष्टपालीमा मिनी ट्रकको ठक्करबाट पैदल हिँडिरहेका एक वृद्धको मृत्यु भएको छ । शुक्रवार बेलुकी धनगढीबाट बिष्टपालीतर्फ जाँदै गरेको सुपप्र ०१९००१ क १८१३ नम्बरको मिनी टाटा ट्रक सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा ब्याक गर्ने क्रममा सोही स्थानका ८१ वर्षीय महावीर बिस्टलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बिस्टलाई तत्काल उपचारका लागि धनगढी ल्याउने क्रममा राति करिब पौने १० बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए। दुर्घटनापछि मिनी ट्रक र चालक सूर्नया गाउँपालिका–२ ग्वानी बरभएका ३१ वर्षीय मानसिंह बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिस्टको शव पोस्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.