राजतन्त्रको पुनःस्थापना असम्भव : प्रदेश प्रमुख मियाँ

अत्तरिया : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राजतन्त्रको पुनःस्थापना असम्भव रहेको बताएका छन्। उनले गणतन्त्रको विरोध गर्दै राजसंस्थाको माग गर्नेहरूलाई अब सो व्यवस्थाको सम्भावना नरहेको बताएका हुन्।

शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अनलाइन मल्टिमिडिया पत्रकारिता तालिम’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मियाँले भने, “राजतन्त्र अब फर्किँदैन। त्यो मसानघाटमा गइसकेको व्यवस्था हो। अहिले त्यो ब्युँतिने कुनै सम्भावना छैन।” प्रदेश प्रमुख मियाँले राजाको पालामा देशका उद्योगधन्दा र कलकारखानाहरु बेचिएको आरोपसमेत लगाए।

कार्यक्रममा बोल्दै मियाँले केही समूहले पुनः राजसंस्था फर्काउन खोजेकोमा त्यसमा जनताको समर्थन नरहेको बताए। यस्तै त्यो कुरालाई अहिले पत्रकारहरुले जनतामाझ लैजान र राजसंस्थाका विपक्षमा कलम चलाउन पनि उनले आग्रह गरे। पत्रकार महासंघ सुदूरपश्चिमद्वारा आयोजित तालिममा विभिन्न जिल्लाबाट आएका पत्रकारहरूको सहभागिता रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.