अत्तरिया पृथ्वीनगरको शिव मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम बलमपाकी चयन

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका-१ पृथ्वीनगरमा रहेको शिव मन्दिर व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भट्ट उपाध्यायको सभापतित्व तथा नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यथामा सम्पन्न भएको दोस्रो साधारण सभापछि बसेको बन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा बाबुराम बलमपाकी चयन भएका छन् ।

बलमपाकी मन्दिर व्यवस्थापन समितिका निर्वतमान सचिव रहेका थिए । समितिको उपाध्यक्षमा हिमा विष्ट, सचिवमा सुरज साउँद, सह सचिवमा राजु देवी विक र कोषाध्यक्षमा बसन्ती ओझा चयन भएका छन् ।

त्यस्तै सिता छत्याल, विर बहादुर भण्डारी, जैमती कुँवर, गोमती कुँवर, अमृता विक र कौशिल्या चौधरी सदस्यमा चयन भएका छन् । गणेश बहादुर विष्ट सल्लाहकार समितिको संयोजकमा चयन भएका छन् भने शेर बहादुर विष्ट, भिम बहादुर विक, जानकी श्रेष्ठ र गंगादत्त जोशी सल्लाहकार समितिको सदस्यमा चयन भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.