गोदावरी–१० मा अपाङ्गता भएका व्यक्तिलाई म्याकटेस वितरण

अत्तरिया, १७ जेठ : गोदावरी नगरपालिका–१० मा अपाङ्गता भएका व्यक्तिलाई म्याकटेस वितरण गरेको छ । शनिबार अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान, सेवा र समर्पणको दृष्टिकोणले क्याकटेस वितरण गरेको हो ।
वडाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा अपाङ्गता भएका स्थानीयहरूलाई म्याकटेस वितरण गरियो । कार्यक्रमको अध्यक्षता अपाङ्गता समिति अध्यक्ष रमेश ताम्राकारले गरेका थिए । वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’ प्रमुख अतिथि रहेको थिए । वडाका सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूमाझ आत्मीय वातावरण झल्किएको थियो ।
कार्यक्रममा वडाध्यक्ष शाहीले अपाङ्गता भएका नागरिकहरूको सम्मानजनक जीवन सुनिश्चित गर्नु वडाको प्राथमिकता रहेको बताए । उनले भने, “हाम्रो वडामा बसोबास गर्ने प्रत्येक व्यक्तिको जीवन सहज, सुरक्षित र गरिमामय बनोस् भन्ने हाम्रो लक्ष्य हो । हामी अपाङ्गता भएका नागरिकका हक–अधिकार र सेवामा निरन्तर सक्रिय रहनेछौं ।”
वडाबाट वितरण गरिएको म्याकटेस केवल सुविधा मात्र नभई आत्मसम्मानको प्रतिकका रूपमा बुझिएको छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति वडाको समर्पण र सामाजिक उत्तरदायित्वलाई प्रस्ट पार्दछ ।
यस अभियानले वडाध्यक्ष शाहीलाई सामाजिक समावेशिताको उदाहरणीय अगुवाका रूपमा थप सशक्त बनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.