बेहडाबाबामा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा धनगढीमा बिदा

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले पालिकाभरि स्थानीय सार्वजनिक बिदा दिएको छ ।

सो पालिकाले गङ्गा दशहरा तिथि जेठ २२ गतेका दिन पालिकाभरका सबै सरकारी कार्यालय, शिक्षण संस्था एवम् संघसंस्थाहरु बन्द रहने गरी स्थानीय सार्वजनिक बिदा दिएको हो । हरेक वर्ष जेठ शुक्लपक्ष दशमी तिथिका दिन गङ्गा दशहरा मनाइने गरेको छ । सो दिन नेपाल, भारतका हजारौं तीर्थालुहरुले विशेष आस्था र महत्वका साथ बेहडाबाबाको दर्शन र पूजाआजा गर्ने गरेका छन् ।

जिल्लामै प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ । बेहडाबाबाको महत्वलाई दृष्टिगत गरी गङ्गा दशहरालाई पर्वकै रुपमा मनाउनका लागि पालिकाले स्थानीय सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.