अत्तरियामा शिव पार्वती मन्दिरको विकासका लागि महामहोत्सव

अत्तरिया, १९ जेठ : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको वनदेवी श्री शिव पार्वती मन्दिरको सर्वाङ्गीण विकासका लागि देखि धार्मिक सप्तहा महामहोत्सव –२०८२ को सुरु गएको छ ।
सोमबार देखि सुरु भएको महोत्सव २६ गतेसम्म सञ्चालन हुने छ । साताव्यापी धार्मिक कार्यक्रममा कथावाचन आचार्य पुरुषोत्तम शरण लम्सालले गर्दैछन् भने संकल्पकर्ता ईश्वर शरारम महाराज रहेका छन् । कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले गरे । विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नगरप्रमुख भट्टले मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रमले टेवा पु¥याउने बताउँदै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए । साथै उनले भावुक हुँदै स्मरण गर्दै, “२०७२ सालमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस संचालनका लागि महिना दिनसम्म दीप प्रज्वलन गरी जनताबाट सहयोग माग्दा धेरैले साथ दिनुभयो । आज त्यही क्याम्पसमा हाम्रा छोराछोरीहरू घरमै बसेर डिग्रीसम्मको शिक्षा लिइरहेका छन् । अहिले मन्दिर परिसरको विकासका लागि सुरु भएको यो धार्मिक सप्तहा महामोत्सवले मलाई त्यो समयको झल्को दिलायो । सपना देख्न छोड्नु हुँदैन, एक दिन हामी सबैका साझा सपना साकार हुनेछन् ।’
कार्यक्रममा उपप्रमुख शारदा देवी रोकायाले धार्मिक गतिविधिले समाजमा सद्भाव, एकता र समृद्धिको भावना जागृत गराउने उल्लेख गर्दै युवापुस्ताले समेत संस्कार र संस्कृतिप्रति आस्था राख्नुपर्ने बताइन । त्यसैगरी कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष गोपालदत्त भट्टले वडाभित्र रहेका मठमन्दिरको संरक्षण र प्रवद्र्धनका लागि पालिका प्रतिबद्ध रहेको बताए । उनले भने, वडा नं. १ मा पहाड, तराई, चौधरी बस्ती, ओम शान्ति लगायतका गरी ३२ वटा मठमन्दिर रहेका छन् । ती सबै धार्मिकस्थलको संरक्षण, सम्वद्र्धन र सम्मानका लागि हामी सक्रिय रूपमा लागिरहेका छौँ ।’
अध्यक्ष अगाडि भने, हाम्रा सबै समुदायका आ–आफ्ना धर्म, संस्कार र संस्कृति छन् । ती सबैको सम्मान र संरक्षणमा गोदावरी नगरपालिकाले निरन्तर साथ दिइरहेको छ ।’ कांग्रेस सभापति वसन्त रोकायाले हालको पालिकाले समृद्धिको आधार तय गर्दै अघि बढेको उल्लेख गर्दै बाँकी रहेका विकास योजनाहरू पनि चाँडै सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । गंगा राम विकको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रले धार्मिक आस्था, सामाजिक समावेशिता र विकासको बहसलाई सँगसँगै अघि बढाउने संकेत दिएको छ । कार्यक्रमले धार्मिक चेतना मात्र नभई स्थानीय विकासको यात्रामा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ । धार्मिक महामोत्सव कार्यक्रमको संचालन सिद्ध बोहराले गरेका थिए ।
उद्घाटन समारोहमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं ४ का सभापति वसन्त रोकाया, एभरेष्ट र समता स्कूलका प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.