अत्तरिया : ‘प्लाष्टिक प्रदुषणलाई हराउनु होस’ भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस विश्वव्यापी रुपमा आज मनाईदैछ ।
विश्व वातावरण दिवस २०२५ को अवसर पारेर कृषि विकास बैंक शाखा कार्यालय हसुलियाको आयोजना र बिएफसी कैलारी, हसुलियाको सहकार्यमा वृक्षारोपण गरेको छ ।
कृषि विकास बैंक लि शाखा कार्यालय हसुलियाको पुरानो भवन परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा कृषि विकास बैंक शाखा कार्यालय हसुलियाका प्रबन्धक नरेश अवस्थी, बिएफसी कैलारीका अध्यक्ष युवराज जोशी लगायत विभिन्न बैंक तथा वित्तिय एवं सहकारी संस्थाबाट सहभागीता रहेको थियो ।
कृषि विकास बैंक लिका शाखा प्रमुख नरेश अवस्थीले कार्यक्रमको बारे प्रकाश पार्दै बैंकले विभिन्न सामाजिक कार्य गर्दै आईरहेको सोही कार्यलाई निरन्तरता दिएको बताए । बिएफसीका अध्यक्ष युवराज जोशीले विश्व वातावरण दिवसको शुभकामना दिदै वातावरण संरक्षणमा बोट बिरुवाको ठुलो महत्व हुने हुन्छ त्यसैले बिरुवा रोपेर मात्र होईन तिनको संरक्षण पनि हामिले गर्नुपर्छ भन्ने भनाई राखेका थिए । सो अवसरमा विभिन्न आम, लिच्चि, लिप्टिस, बकायन, कटहर, सिसम लगायत ५५ वटा बोट बिरुवाहरु वृक्षारोपण गरिएको थियो ।
सम्बन्धित पाेस्टहरु