बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनस्र्थापना गर्न सरकारसँग माग

अत्तरिया, २६ जेठ : नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा) ले बाजुराको बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनस्र्थापना गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिँदै पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित शीघ्र पुनस्र्थापनाको माग गरिन् ।
सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा ठुलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने समेत बताइन् । उनले अब्राहम लिङ्कनको भनाइलाई उद्धृत गर्दै हजार जना मूर्ख भएपनि देशलाई खासै असर नपर्ने तर एक नेता मूर्ख भए देश डुब्ने र जनताले दुःख पाउने बताइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.