अत्तरिया : सरदरभन्दा झन्डै दुई हप्ता अघि नै मध्य जेठमा मनसुन नेपाल भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ।
नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै धनगढीमा अधिकतम तापक्रम ४० दशमलव २ र भैरहवामा ४० डिग्री सेल्सियस मापन भएको छ। तराई÷मधेसका अरू ठाउँमा पनि तापक्रम केही बढेको छ। काठमाण्डौमा पनि गर्मी बढेको छ।
काठमाण्डौमा हिजोको अधिकतम तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस पुग्यो। पूर्वको कोशीमा मनसुन भित्रिएसँगै एकरदुई दिन सक्रिय पनि भयो। त्यसपछि थप विस्तार हुन सकेन। नेपाल आइपुगेको मनसुन शिथिल बन्दा केही दिनदेखि कोशी प्रदेशमा समेत पानी परेको छैन। पश्चिम र मध्य क्षेत्रमा मनसुन भित्रिन सकेको छैन। हिजो र अस्ति देशका धेरै ठाउँमा टन्टलापुर घाम लाग्यो ।