अत्तरिया : गौरीगंगा नगरपालिकामा न्यायिक समिती तथा मेलमिलापकर्ताहरुको काम, कर्तव्य र अधिकार सम्बन्धि एक दिने गोष्ठी सप्पन्न भएको छ।
न्यायीक समिति संयोजक भोजबहादुर बमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख देबिदत्त कँडेल रहेका थिए। कार्यक्रममा न्यायिक समिति, मेलमिलापकर्ताहरु, भलमान्सा र प्रहरीको उपस्थिति रहेको थियो। न्यायिक समिति चौमालाको आयोजनामा कार्यक्रममा भएको हो ।
कार्यक्रममा गौरीगंगा नगर प्रमुख देबिदत्त कँडेलले स्थानीय तहमा न्यायिक समिति तथा मेलमिलाप कार्यालय गाउँघरमा न्याय दिने उत्कृष्ट ब्यवस्था रहेको उनले बताए। उनले छिटो छरितो न्याय पाउनका लागि संविधानले दिएको उक्त ब्यवस्था उपलब्धिमुलक बन्दै गएको बताए।
न्यायीक समिति संयोजक भोजबहादुर बमले न्यायिक समिती र मेलमिलाप केन्द्र माथि जनविस्वास बढने गरेको बताए। कैलाली जिल्ला अदालतका न्यायाधीशले समय समयमा गौरीगंगा नगरपालिका न्यायिक समितिको अनुगमनले थप बलियो बनाउँन्दै गरेको संयोजक बमले बताए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशी,नगर स्तरीय मेलमिलाप संयोजक हेमन्त राज जोशी (बाजे) कार्यपालिका सदस्य मदन नेपाली वडा संयोजक पार्बती बुढाऐर लगायतकाले आफ्ना धारणा राखेका थिए । आम नागरिकमा सहि समयमा उचित न्याय प्रदान गर्न सरोकारवालाहरुले सहि भुमिका खेल्नुपर्नेमा जोड दिँदै न्यायिक समिति र मेलमिलापकर्ताको काम,कर्तव्य र अधिकार बारे सहजीकरण जिल्ला न्यायाधीश दण्डपाणि लामिछाने र श्रतेस्दार चेतराज पन्तले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु