मंगलसेन नगरपालिका सामुदायिक वनमा फोहोर फाल्दै

अछाम, २ असार : अछाम मंगलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ । मंगलसेन बजार भित्रको सबै फोहोर लिएर मध्यपहाडी राजमार्ग अन्तर्गत ठुलासैन–मंगलसेन सडक खण्डमा पर्ने पालेवन सामुदायिक वनमा फाल्दा समस्या भएको हो ।
मंगलसेन नगरपालिका–६ को मानव बस्तीको बीचमा नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको थियोे । मानिसको स्वास्थ्यमा असर हुने भएपछि उक्त डम्पिङ साइट अलपत्र अवस्थामा छ ।
पालेवन सामुदायिक वन क्षेत्रमा अहिले फोहोरको थुर्पो देख्न सकिन्छ । बजार क्षेत्रबाट निस्किने फोहोर अहिले जङ्गलको सडक छेउछाउमा थुपारिएको हो । घरबाट निस्कस्ने फोहोर मात्रै होइन पसल, होटेलबाट निस्किने फोहोर प्लास्टिक, बोइलर कखुराको भुत्ला, मदिराका बोतलहरू लगायतका फोहोरले वन क्षेत्र दुर्गन्धित एवम् फोहोर भएको छ । यसरी जथाभाबी फोहोर फालिँदा जंगल नै कुरूप मात्र होइन, स्वास्थ्यको जोखिम पनि बढेको त्यो बाट आवतजावत गर्ने नागरिकहरूले बताएका छन ।
कुहिने र नकुहिने फोहोर एकै ठाउँमा हुँदा झन सडक आसपासमा दुर्गन्ध फैलिने गरेको छ । थुपारिएको फोहोरमै स्यालहरू जम्मा हुने गरेकाछन । फोहोर हटाउनर त्यहाँ नफाल्न पालेवन सामुदायिक वन उपभोक्ता समितिको बैठकबाट निर्णय गरि पटक–पटक नगरपालिकालाई पत्राचार गरेको छ । तर, पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको पालेवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञ प्रसाद ढुंगानाले बताए ।
नगरपालिकाले एक वर्षदेखि फोहोर वन क्षेत्रमा फाल्दै आएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले पहिलैदेखि सोही क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.