भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नम्बर १ द्वारा लेफ्टिनेन्ट सन्तोष तामाङलाई भव्य स्वागत

कञ्चनपुर : भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नम्बर १ ले लेफ्टिनेन्ट सन्तोष तामाङलाई स्वागत सहित सम्मान गरेको छ । विसं २०७० सालमा भारतीय गोर्खा सेनामा सैन्य पदमा भर्ना भई हाल आन्तरिक प्रतिस्पर्धा मार्फत अधिकृत तहको ल्याप्टिनेन्ट पदमा नाम निकाली पास आउट भएर घर फर्किएका पुनर्वास २ अरनीको बस्तीका सन्तोष तामाङलाई भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नं १ ले भव्य स्वागत सँगै सम्मान गरेको छ ।

भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नम्बर १ का अध्यक्ष (रिटायर्ड सुवेदार मेजर) मान बहादुर तामाङले भारतीय गोर्खा सेनामा यस क्षेत्रकै पहिलो सैन्य अधिकृत लेफ्टिनेन्ट पदमा नाम निकालेको भन्दै सन्तोष तामाङको प्रशंसा गरे । आजसम्म जति पनि यस क्षेत्रबाट भारतीय गोर्खा सेनामा भर्ना भएका छन् । उनीहरु कोही पनि लेफ्टिनेन्ट पदमा नपुगेको बताउँदै सन्तोषले तालिम सम्पन्न गरी घरपरिवार भेट गर्न आउँदा ससम्मान स्वागत गरेको उनले बताए । सन्तोष यस क्षेत्रको इतिहास बनेको बताउँदै उनको सम्मानका लागि यस क्षेत्रका सम्पूर्ण भारतीय भूतपूर्व सैनिकहरू सहभागी भएको उनले बताए ।

विक्रम सम्वत् २०४८ सालमा बुवा थार्केप तामाङ र आमा प्रेममाया तामाङको कान्छो सन्तानका रुपमा जन्मिएका (५ सन्तान मध्ये) सन्तोष विक्रम सम्वत २०७० सालमा भारतीय गोर्खा सेनामा सैन्य पदमा भर्ना भएका थिए । सानैदेखि पढाइमा अब्बल र केही न केही गर्नुपर्छ भन्ने सोच भएको सन्तोषले कडा मेहनत गर्दै लेफ्टिनेन्ट पदमा नाम निकाल्न सफल भएको बताए ।

नाम निकाले तालिम सम्पन्न भएर घर परिवारमा भेटघाटका लागि आउँदा भारतीय भूतपूर्व सैनिक सङ्घले गरेको यो सम्मानले आफूलाई निकै खुसी मिलेको उनले बताए । मेहनत गर्न छाड्नु हुँदैन पक्कै पनि सफल भइन्छ भन्दै उहाँले आम युवाहरुलाई भारतीय गोर्खा सेनामा भर्ती हुन आग्रह समेत गरे ।
सन्तोषको प्रारम्भिक शिक्षा पुनर्वास दुई मोती बस्तीमा रहेको एजी इङ्ग्लिस हाइ स्कुल बाट सुरु भएको थियो । सन्तोषको अहिले बुबाआमा, श्रीमती र एक छोरा\छोरी छन् । भारतीय भूतपूर्व सैनिक संघले डोकेबजारदेखि नै सम्मान सहित र्याली गर्दै गाउँ परिक्रमा गरेर घर पु¥याएको थियो । सो कार्यक्रममा भारतीय भूतपूर्व सैनिक संघका पदाधिकारी, स्थानीय विजय गालील चर्चका बरिष्ठ पाष्टर राज कुमार तामाङ्ग, युवा समूह, सन्तोषका आफन्त लगायतले स–सम्मान स्वागत गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.