अत्तरिया : बाजुराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका मन्दिर निर्माण कार्य यही असार महिना भित्र सम्पन्न हुने भएको छ। करिब २ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको मन्दिर नेपाली सेनाको नेतृत्वमा तीव्र गतिमा निर्माणाधीन छ।
समुद्री सतहबाट ४ हजार २ सय १९ मिटरको उचाइमा अवस्थित बडिमालिका मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ।
नेपालका चार प्रमुख धार्मिक धाममध्ये एकको रूपमा परिचित बडिमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा भव्य मेला तथा मुख्य पूजा आयोजना गरिँदै आएको छ। निर्माण सम्पन्नसँगै धार्मिक पर्यटकको चाप बढ्ने र स्थानीय स्तरमा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।