कैलालीको चौमाला खोलामा वेपत्ता पुरुषको शव फेला

वनवेहडा : कैलालीको गौरीगंगा नगरपालिका-२ मा पर्ने चौमालाा खोलाले बगाएर बुधबार साँझ बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।
बेपत्ता भएका गौरीगंगा १,गोप्काका ६५ बर्षीय नरबहादुर ताम्राकार लाई आज बिहान ७ बजे धबै नजिकै खोलामा फेला पारीएको ईलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायब निरीक्षक योगेन्द्र बलायरले जानकारी दिए ।
उनको शव चौमाला- २ धबै नजिकै खोलामा घोप्टो परेको अवस्थामा फेला परेको हो । शव परीक्षणका लागि धनगढी पठाइएको छ । बुधबार साँझ ५ः १५ बजेतिर पुरानो चौमाला बजार देखि घर जाँदा खोला तर्ने क्रममा चौमाला खोलाले ताम्राकार लाई बगाएर वेपत्ता भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.