लम्कीचुहा नगरपालिकाको एक अर्ब २० करोड बजेट

अत्तरिया : लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि एक अर्ब २० करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

नगरपालिकाको १५ औँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख जुना चौधरीले चालु खर्चतर्फ ७६ करोड ७५ लाख र पुँजीगत खर्चतर्फ ४४ करोड २४ लाख रुपैयाँ विनियोजन गरी कुल बजेट सार्वजनिक गरेकी हुन्। उपप्रमुख चौधरीका अनुसार बजेट खर्चको स्रोतमा आन्तरिक आयबाट ४३ करोड ८७ लाख ६० हजार ८३२ रुपैयाँ, राजस्व बाँडफाँडबाट १८ करोड २१ लाख ६ हजार १६८ रुपैयाँ, संघीय सरकारबाट ५५ करोड २९ लाख रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड ६१ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। नगरपालिकाले समावेशी र पूर्वाधारमैत्री योजना मार्फत बजेट खर्च गर्ने बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.