अत्तरिया : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशलाई कला, संस्कृति, साहित्य, भेषभूषा र मौलिक पहिचानले भरिपूर्ण प्रदेशको रूपमा चित्रण गरेका छन्। बिहिबार धनगढीमा आयोजित दोस्रो सन्ध्याकालीन ‘चैतन्य मिनि मेला’ को उद्घाटन गर्दै यस क्षेत्रको मौलिक सांस्कृतिक सम्पदा र रचनात्मक अभ्यासले समग्र नेपाली समाजमा गहिरो प्रभाव पारेको बताएका थिए । प्रदेशको सम्पदा संरक्षण र प्रवर्द्धनमा सबैको अग्रसरता आवश्यक रहेको उनले बताएका थिए ।
सुदूरपश्चिमलाई ूसुन्दर पश्चिमू को संज्ञा दिँदै उनले कला–संस्कृतिको गर्विलो पहिचानलाई अझ व्यापक बनाउने लक्ष्यमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न जातजातिका मौलिक नृत्य, भाका तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
‘द टुइन्स ः ए कम्प्लिट इन्स्टिच्युट’को आयोजनामा सुरु भएको मेला असार २१ गतेसम्म दिउँसो २ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने बताइएको छ। उद्घाटन सत्र संयोजक केशव बलायरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेशसभा सदस्य रक्षा महरा, चैतन्य स्कुलका प्रमुख कार्यकारी अधिकृत र ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी हिरा दिदीलगायतको उपस्थिति थियो।
सम्बन्धित पाेस्टहरु