अत्तरिया : कैलालिको गोदावरी नगरपालिकाको नगर अधिवेशन सुरु भएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बिच नगरको १५ औ नगर सभा अर्थात बजेट अधिवेशन सुरु भएको हो ।
नगर प्रमुख बिरेन्द्र भट्टले दिप प्रज्वलन गरेर अधिवेशनको समुद्घाटन गरे । नगरपालिकाले अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२\०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । यसपटक नगरपालिकाले १ अर्व १८ करोड बराबरको बजेट ल्याउन लागेको जनाएको छ । अधिवेशनमा नगर उप प्रमुख शारदा देवी रोकाया, कर्मचारी, समाजसेवी लगायत विभिन्न दलका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
