गोदावरीको नगर सभामा विभिन्न व्यक्तित्वहरु सम्मानित

अत्तरिया :

अत्तरिया ः गोदावरी नगरपालिकाको १५ औँ नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ४ दर्जनभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। नगर प्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न नगरसभामा स्वास्थ्य सेवा, शिक्षा, प्रशासन, खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मानपत्र, दोसल्ला र अबिरसहित सम्मान गरिएको हो।

स्वास्थ्य र प्रशासनिक सेवामा योगदान दिने सम्मानितहरू :
अत्तरिया अस्पतालका सञ्चालक आनन्द पाठक
जनस्वास्थ्य निरीक्षक सत्यराज फुलारा (मालाखेती अस्पताल)
पशु सेवा शाखाका प्राविधिक टेक शाहु
योजना शाखा प्रमुख महाजित साउद
कार्यालय सहयोगी सहदेव भट्ट
वडा नं. ७ का कार्यालय सहयोगी अम्मर उपाध्याय
वडा नं. १ की वडा सचिव कुन्ता भण्डारी
वडा नं. २ का सहायक कम्प्युटर अपरेटर सिताराम पाली
कार्यालय सहयोगी देवकी जोशी

शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि :
सामुदायिक विद्यालय लक्ष्मी मावि बुढीतोला
संस्थागत विद्यालय सत्यवती एकेडेमी (कक्षा ८ का दुई विद्यार्थीले ४ जिपिए

लोटस आई एकेडेमी (कक्षा ८ का दुई विद्यार्थीले ४ जिपिए

सामुदायिक सेवा र नेतृत्वतर्फ :
अत्तरिया सामुदायिक सिकाइ केन्द्रका पूर्व अध्यक्ष तथा पूर्व आपी शिक्षा विद् भीम बहादुर बलायर
पाटर्नर पार्टी प्यालेसका सञ्चालक भक्त बहादुर ठकुल्ला – नगरसभा आयोजना स्थल निःशुल्क उपलब्ध गराएबापत

खेलकुद र अवकाशप्राप्त कर्मचारी :
सैनिक आवासीय माविका खेल प्रशिक्षक तथा शिक्षक ईन्द्रबहादुर सिंह
रामचन्द्र जैशी (सीअहेव),

मोहन सिंह खत्री (अनिवार्य अवकाश),
दुर्गाप्रसाद जोशी र सीता देवी भट्ट (स्वैच्छिक अवकाश)

नगरपालिकाका अनुसार, स्थानीय तहमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानले उनीहरूलाई प्रोत्साहन दिने मात्र होइन, आगामी पुस्तालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.