धनगढीमा ताल्चा लगाएको कोठाभित्र पुनर्वासकी युवती मृत फेला

अत्तरिया : धनगढीमा पुनर्वासको एक युवती मृत अवस्थामा भेटिएकी छन् । कञ्चनपुर पुनर्वास नगरपालिका(११ अमरबस्ती घर भई धनगढी २ बैयाबेहडीमा बस्दै आएकी ३० वर्षीया रेणु चौधरी सोमबार बिहान मृत भेटिएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले कोठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताए । तर कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको बताउँदै घटना शंकास्पद भएको उनले जनाएका छन । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.