चुरेमा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

अत्तरिया : कैलालीको चुरे गाउँपालिका–५ स्थित वडा कार्यालयले महिला स्वास्थ्य स्वयं सेविका र विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
वडा कार्यालय सोमबार एक कार्यक्रमको आयोजना गरी वडाभित्र विभिन्न विद्यालयमा अध्ययनरत ३५ जना बालबालिकालाई शैक्षिक सामग्री र ६ जना स्वास्थ्य स्वयं सेविकालाई विभिन्न सामग्री हस्तान्तरण गरिएको हो ।
वडाध्यक्ष बिरबहादुर धामीको प्रमुख आतिथ्यमा ती सामग्री वितरण गरिएको हो । विपन्न बालबालिकालाई शैक्षिक सामग्री र स्वास्थ्य स्वयम् सेविकालाई झोला, जुत्ता, जाकेट तथा छाता हस्तान्तरण गरिएको वडा कार्यालयका पशु प्राविधिक खगेन्द्र बोहराले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.