धनगढी, ११ असार : धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी नमुना प्राविधिक माविमा संचालित विज्ञान शिक्षा प्रवद्र्धनका लागि अन्तक्रिया कार्यक्रम गरिएको छ ।
बुधबार विद्यालयको आयोजनामा धनगढी बसेरा होटलमा धनगढी उप-महानगरपालिकाका उप-प्रमुख, वडाअध्यक्ष संग एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज जोशीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा धनगढी उप महानगरपालिकाका उप कन्दकला कुमारी राना प्रमुख आतिथि रहेकी थिईन ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख घुम्न सिंह बडायक, धनगढी उपमहानगरपालिका विभिन्न १५ वटा वडाका वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विद्यालयमा संचालित बिज्ञान ११\१२ विषयलाई थप व्यवस्थित बनाउन सहभागीहरुबाट सल्लाह तथा सुझाव संकलन गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले स्वागत सहित विद्यालयको गतिविधि, अवस्था र विज्ञान कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रम सन्चालन सोही विद्यालयका प्राविधिक धारका संयोजक इन्जिनियर लोकराज भट्टले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु