एसपीए कलेज र सिवाईसी अत्तरिया स्कूल अफ क्रिकेट एकेडेमीबीच जर्सी लोगो समावेश सम्बन्धी सम्झौता

अत्तरिया : गोदावरी नगरपालिका वडा नं. १ बसन्तपुर स्थित सिवाईसी अत्तरिया स्कूल अफ क्रिकेट र धनगढीस्थित एसपीए कलेजबीच वार्षिक क्रिकेट प्रशिक्षण जर्सी सहजताको लागी आपसी सहकार्यको सम्झौता भएको छ।

सम्झौता अनुसार एक वर्षको अवधिसम्म एकेडेमीका जर्सीमा एसपीए कलेजको लोगो समावेश गरिनेछ। सम्झौतामा एसपीए कलेजका संस्थापक सुभाष शाही र सिवाईसी क्रिकेट एकेडेमीका सञ्चालक रजत शाहीले हस्ताक्षर गरेका छन्। हाल एकेडेमीमा ४५ भन्दा बढी विद्यार्थीहरू प्रशिक्षणरत छन्। सम्झौताले खेलाडीहरूमा थप उत्साह बढाउने र क्रिकेटप्रति आकर्षण उत्पन्न हुने अपेक्षा गरिएको एकेडेमीले जनाएको छ। सम्झौता एक वर्षको लागि प्रभावकारी हुने जनाएको छ।
एकेडेमीले क्रिकेट गतिविधिमा अनुशासन, सुरक्षामूलक व्यवहार र व्यावसायिकता कायम गर्दै आइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.