अत्तरिया, १३ असार : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा लागुऔषध न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम भएको छ । अत्तरिया सञ्चार संघको आयोजनामा कार्यक्रम भएको हो ।
सञ्चार संघका उपाध्यक्ष राजकुमार साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं ८ का वडाध्यक्ष गोविन्द चौधरी रहेका थिए । प्रमुख अतिथि वडाध्यक्ष चौधरीले वडाको विभिन्न क्षेत्रमा लागुऔषध दुव्र्यसन दिन प्रतिदिन फैलँदो अवस्थामा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । उनले यस्ता नकारात्मक गतिविधिमा संलग्न व्यक्तिहरू देखिएमा तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउन सबैलाई अनुरोध गरे ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता गलत क्रियाकलापबाट आफूहरू टाढै रहने र आफ्नो भविष्य उज्ज्वल बनाउनमा विश्वस्त रहेको बताए । यस्तै कार्यक्रमको पहिलो दिन गोदावरी नगरपालिका वडा नं ८ को शारदा माध्यामिक विद्यालयमा गरिएको साथै कार्यक्रममा उक्त विद्यालयमा कक्षा ९ र १० मा अध्यनरत ६० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
आयोजक संघका उपाअध्यक्ष राजकुमार साउदले पछिल्लो समय भयावह रुपमा फैलिएको लागुऔषध न्यूनीकरणका लागि विद्यालयस्तरमा कार्यक्रम आयोजना गर्न लागेको बताउँदै कुलतबाट टाढा राख्न विद्यालयस्तरमै सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक भोजराज जोशीले कार्यक्रमले विद्यार्थी, अभिभावक साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । “यस्ता खालका कार्यक्रमले लागू पदार्थको दुव्र्यसनका नकारात्मक असरबारे सचेतना फैलाउँदै समुदायमै रूपान्तरण ल्याउने अपेक्षा गरिएको उनले बताए ।
लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गोदावरी नगरपालिका सहयोगमा २ वटा संस्थागत र ५ वटा सामुदायीक विभिन्न माध्यमिक तहका विद्यालयहरुमा आयोजना गरिने छ । लागुऔषधमा संग्लन भएकोलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा लागू औषध दुव्र्यसन सम्बन्धी प्रशिक्षण ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक इन्द्र भट्टले गरेका थिए भने सहायक प्रशिक्षक गोपाल जोशी रहेका थिए । कार्यक्रममा लागुऔषध बारे जानकारी, यसको नियन्त्रण सम्बन्धी उपाय, लागूऔषधका असरहरू, यसमा फस्न बाट बच्न के गर्ने भनेर जानकारी दिएका थिए ।
यस्तै कार्यक्रममा वडा सदस्य चन्द्र बिसि, स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवा, युवा समाजसेवी बालकृष्ण भट्टराई लगायत व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संघका महासचिव धुर्व ओझाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संघकी कोषाध्यक्ष शारदा फुलाराले गरेकी थिईन ।
सम्बन्धित पाेस्टहरु