गौरीगंगाको जनजागृत विद्यालयका ३२ जना स्काउट विद्यार्थीलाई पोशाक वितरण

अत्तरिया, १३ असार : कैलालीको गौरीगंगा नगरपालिका–३, स्थित जनजागृत माध्यमिक विद्यालयका ३२ जना स्काउट विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गौरीगंगा–३, वडा कार्यालयले स्काउट विद्यार्थी ३२ जना छात्र–छात्र र एक जना शिक्षक लाई वितरण गरेको हो ।
पोसाक वितरण कार्यक्रम वडा अध्यक्ष मनिराम जोशी को अध्यक्षतामा भएको थियो । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तारा नेपालीको प्रमुख अथिति थिए ।
जन जागृत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पोसाक गरिएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र धामीले बताए । विद्यालयमा सञ्चालित स्काउट ग्रुपका विद्यार्थी र स्काउट शिक्षकलाई हौसला प्रदान गर्ने उद्देश्यले पोसाक वितरण गरिएको वडा अध्यक्ष मनिराम जोशीले बताए । वडा कार्यालयको आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक स्वीकृत बजेट अन्तर्गत पोसाक खरिद गरि वितरण गरिएको वडा अध्यक्ष जोशीले बताए ।
कार्यक्रममा वडा सदस्यहरु, विद्यालय ब्यवस्थापन समिति सदस्यहरु, विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन वडा सचिव घनश्याम ओझाले गरेको हेमन्त बाजेले जानकारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.