
अत्तरिया : पछिल्लो सयम खानीडाँडा भन्ने वित्तिकै चिसो मौसम सम्झने धेरै छन । तराईका जिल्लामा तामक्रम बढ्दैगएपछि खानाडाँडा सम्झने धेरै भेटिन्छन् । तराईमा हरेक बर्ष गर्मी बढ्दै गएको तथ्यांकले देखाएको छ । कैलाली जिल्लामा पर्ने खानीडाँडा चुरे गाउँपालिकामा पर्छ । खानीडाँडामा पर्याप्त पूर्वाधार त निर्माण हुन सकेको छैन । यद्यपी त्यहाँ पुग्नेहरु बढ्न थालेका छन् । अत्तरियाबाट ४५ किलोमिटर टाढा रहेको खानीडाँडा पुग्ने वित्तिकै मोटा कपडा खोज्नुपेर्न अवस्था छ । खानीडाँडामा बास बस्दा राति सिरक उड्नुपर्ने बाध्यता छ भने तराईमा एसिमा बस्दा पनि गर्मीको महसुस हुन्छ ।
खानीडाँडामा दैनिक सयौँ पर्यटकहरु पुग्ने गरेका छन् । नेपालको मात्र होइन भारतबाट समेत पुग्ने गरेको स्थानीयहरु बताउने गरेका छन् । हाटेल व्यवसायी गरिरहेका स्थानीय अमरनाथ योगी भन्छन्, ‘घुम्न आउने मात्र होइन, पिकनिक खानेहरु पनि पुग्ने गरेका छन्’, उनले भने । ‘यसले गर्दा खानीडाँडा पनि सम्भावना भएको क्षेत्र भनेर पहिचान हुन थालेको छ । यहाँ बस्ने राम्रो व्यवस्थापन हुन सकेमा अझ बढ्न सक्छन् ।’ सरकारले खानीडाँडामा पर्यटकीय स्पर्टहरु निर्माण आवश्यक रहेको उनले बताए ।
साईपाल रिसोर्ट खाँनीडाडाका सञ्चालक श्याम महराले बिगत केही वर्षयता भारत र कैलाली र कञ्चनपुरका विभिन्न ठाउँबाट गर्मी छल्न पर्यटकहरु आउने गरेको बताए ।
केही वर्षअघिसम्म भीमदत्त राजमार्गमा चल्ने यात्रु बाहक बस र अन्य सवारी साधनको विश्राम स्थल एवं खाना खानका लागि रोकिने ठाउँका रुपमा चिनिने खाँनीडाँडा पछिल्ला केही वर्षयता भने पर्यटकहरुको समेत गन्तव्य बनेको छ । तराईमा चर्को गर्मी र जाडो छल्न त्यहा पर्यटक पुग्ने गरेका छन् ।
चुरे श्रृंखला अन्तर्गत झण्डै एक हजार ३ सय मिटरमा रहेको खानीडाँडाको मौसम समयानुकुल रहेको छ । राज्यका निकायले यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण गरि दिए यहाँको पर्यटनमा उल्लेख्य सहयोग पुग्ने रिवाज होटलका संचालक नैन सिंह बोहराले बताए ।
उनले कम्पासेधुरा जाने सम्मको सडक निर्माण हुन सक्यो भने यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पनि बताए । उनले तराइका विभिन्न क्षेत्रवाट गर्मि छल्न र जाडो मौसममा घाम ताप्न यो क्षेत्र रोजाइमा पर्ने थालेको बताए । गर्मी छल्न र प्राकृतिक मनोरम दृष्यावोलकनका लागि भारतको पलिया, लखिमपुर, लखनऊ, दिल्ली, पञ्जाव र उत्तराखण्डका बिभिन्न स्थानबाट भारतीय पर्यटकहरु आउने गरेका छन् ।
शनिवार नेपाली पर्यटक र आईतवार भारतीय पर्यटकहरुको भीड खानीडाँडामा लाग्ने गर्दछ । खानीडाँडाको सिरानमा रहेको कम्पासे धुराको प्रचार प्रसार र सुबिधा युक्त होटलहरुको स्थापना भएमा खानीडाँडा कैलालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने स्थानीय बासिन्दाको विश्वास छ
। पछिल्लो समय विद्यार्थीहरु समेत टिम बनाएर खानीडाँडा पुग्ने गरेका छन् ।
