अत्तरिया : बाजुरा बुढीगंगा नगरपालिका–६ बाम्कामा भएको आगलागि पीडितलाई नेपाली काँगे्रसका युवा नेता रनसिंह अयडीले व्यक्तिगत रुपमा सहयोग गरेका छन् । थोरै भए पनि पीडितलाई राहत हुने उदेश्यसका साथ अयडीले १३ हजार एक सय ५ रुपैयाँ सहयोग गरेका हुन ।
अयडी कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य बाजुराका पुर्व सचिव समेत हुन । उनले पीडामा सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।
बाम्कामा जेठ २३ गते भिषण आगलागी भएको थियो । आगलागिबाट १९ करोड बढीको क्षति भएको थियो ।
सम्बन्धित पाेस्टहरु