Agni Offset Press

एमाले राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा

Aarati simant

काठमाडौं, १४ असार : नेपालको पहिलो महिला राष्ट्रपति बनेर इतिहास बनाएकी विद्यादेवी भण्डारीले आफू पुनः सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन् ।
आफ्ना दिवङ्गत श्रीमान् तथा नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीको जन्म जयन्तीको अवसरमा शनिवार राजधानीमा आयोजना गरिएको कार्यक्रममा भण्डारीले आफू राष्ट्रप्रमुख हुनुअघि सक्रिय रहेको एमालेमार्फत नै राजनीतिमा फर्कने घोषणा गरेकी हुन् ।
‘नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यसाथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । म अब एमाले परिवारका रूपमा जोडिएको छु’ भण्डारीले भनिन् । विसं २०७२ साल कार्तिक १८ गते पहिलोपटक राष्ट्रपति बन्नुअघि भण्डारी नेकपा एमालेको उपाध्यक्ष थिइन् ।
नयाँ संविधानको व्यवस्था अनुसार दुई वर्ष मात्रै पहिलो कार्यकाल राष्ट्रपति बनेकी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् । दुईपटक गरी करिब आठ वर्ष राष्ट्रपति बनेकी भण्डारीको अन्तिम कार्यकाल सन् २०२३ को मार्चमा सकिएको थियो ।
यसअघि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पनि नेकपा माओवादीको राजनीतिमा फर्किएका थिए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.