मसुरियामा भेटिए लुकाएर राखेको २ वटा बन्दुक

मसुरिया, १४ असार : कैलालीको गौरीगंगा नगरपालिका–७, सुनपाल सामुदायिक वन उपभोक्ता समुह भित्र एक नाल गरेको भरुवा बन्दुक भेटीएको छ ।
ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी वरिस्ठ नायव निरीक्षक खेमराज पन्तको कमान्ड तथा सामुदायिक वनका पदाधिकारी, सव डिभिजन मसुरियाका कर्मचारी र उपभोक्ताको खटिएको टोलिले सामुदायिक वनमा सालको ढलेको रुखको तल लुकाएर राखेको २ वटा वेवारिसे एक नाल भरुवा र अर्को भाँचिएको एक भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हुन ।
चोरी सिकारीका लागि बन्दुक जंगलमा लुकाई राखेको हुन सक्ने सुनपाल सामुदायिक बन समूह अध्यक्ष राम बहादुर सुनारले बताए । सो बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.