Agni Offset Press

अत्तरियाको गुराँस एकेडेमीले मनायो विद्यार्थीको साथमा धान दिवस

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको गुराँस एकेडेमीले राष्ट्रिय धान दिवस मनाएको छ । आईतबार धान दिवसको अवसरमा विद्यार्थी शिक्षकहरुले एक साथ उत्साहपूर्वक दिवस मनाएका हुन ।

कृषिमा आधारित परम्परागत चाडको रूपमा मनाइने यो दिनलाई विद्यार्थीहरूले विद्यालयको पोशाकमै धान रोप्ने, हिलो खेल्ने, रमाइलो गर्ने कार्यक्रमहरू आयोजना गरेर उल्लासपूर्वक मनाएका विद्यालयका अध्यक्ष डम्बरसिंह कडायतले जानकारी दिए ।


विद्यार्थीहरूले मिलेर खेतमा काम गर्ने, धान रोप्ने तरिका सिक्ने र कृषिप्रतिको सम्मान व्यक्त गर्ने उद्देश्यले कार्यक्रमहरू गरेको उनले बताए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले परम्परागत खानाहरू जस्तै अचार, दही र चिउरा खाएर रमाइलो पनि गरेका थिए ।


विद्यार्थीहरूको यस्तो सक्रिय सहभागिताले उनीहरूमा कृषि र ग्रामीण जीवनप्रति चेतना जगाउने र परम्परागत चाडपर्वको महत्व बुझाउने विश्वास विद्यालयले गरेका छ ।

 

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.