गोदावरी बसन्तपुरमा पनि मनाईयो धान दिवस

अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर १ ले रोपाई कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्ब। १ स्थित बसन्तपुर सोईमिङ पुल नजिक कृष्ण राज भट्टको जग्गामा धान रोपेर धान दिवस मनाइएको हो । वडा नम्बर एक का वडा अध्यक्ष गोपाल भट्ट का अनुसार विगत देखि धान दिवस मनाउदै आएको उक्त कर्यलाई निरन्तरता दिएको हो । वडा सचिव कुन्ता भन्डारी, वडा सदस्य गम्भीर साउँद र चेतराज पन्त, काँग्रेस नेता वसन्त रोकाया लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.