मसुरिया, १७ असार : कैलाली गौरीगंगा नगरपालिका–९ शंकरपुरमा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।
रन्जिता आरती आफू विदेशमा भएपनि हेमा श्री फाउन्डेसन कार्यवाहक अध्यक्ष हेमन्त बाजे र कोषाध्यक्ष लछ्मी बोगटी कुँवरको रोहवरमा झोला वितरण गरिएको हो ।
आफ्नो जन्मदिनमा पाटी वा भोज भतेर गरि लाखौँ खर्च गर्नुभन्दा विद्यार्थीहरुलाई पढाई प्रति रुचि बढाउनु राम्रो ठानेर झोला वितरण गरेकी रञ्जिताले जानकारी दिएकी छन ।
उनी रोजगारीको सिलसिलामा देशभन्दा बाहिर रहेपनि सो विद्यालयमा अध्ययनरत गरीब, जेहेन्दार एबंम अति बिवन्न परिवारका विद्यार्थी भाईवहिनीलाई झोला वितरण गरि जन्मदिन मनाउन पाउँदा आफू अत्यन्तै खुशी भएको उनले बताईन ।
झोला वितरण कार्यमा महादेव माध्यमिक विद्यालयका संस्थापक सदस्य चक्र कलेल, शिव शुन्दर सामुदायिक वन समूह अध्यक्ष बलबहादुर बोहरा निर्वतमान विद्यालय ब्यवस्थापन समिति सदस्य मानबहादुर पुन, शिक्षक–शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित पाेस्टहरु