अत्तरिया : कञ्चनपुरको कृष्णपुरमा नालामा लडी डुबेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका–३, देखतभुली निवासी ४० वर्षीय अशोक चौधरी गएराति करिब १०ः१५ बजे आफ्नै घर नजिकको सडक छेउमा रहेको नालामा लडेका थिए ।
सोही नालामा डुबेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली लगिएको थियो । तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारी वर्षासँगै सडक छेउका नाला खुला र जोखिमपूर्ण रहँदा दुर्घटना भएकोप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
सम्बन्धित पाेस्टहरु