प्रदेश सरकार र बीमा कम्पनीबिच अन्तरक्रिया

अत्तरिया, १७ असार : सुदूरपश्चिम प्रदेश र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबिच आज निर्जीवन बीमाको सम्बन्धमा अन्तरक्रिया भएको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा निर्जीवन बीमा, नेपालमा यसको अवस्था र बीमा लेखहरु लगायतको विषयमा छलफल भएको थियो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुवाश कोइरालाले नेपालको बीमा बजार, बीमाको अवस्था, प्राकृतिक विपद् जोखिम सामूहिक दुर्घटना बीमालेख र यसले समेट्ने जोखिम लगायतको विषयमा जानकारी गराएको थियो ।
नेपालको बीमा बजार, राष्ट्रिय बीमा कम्पनी, यसको उद्देश्य र कम्पनीका रक्षावरण गर्ने जोखिम तथा सीमा लेखहरु, प्रदेश सरकारसँग सहकार्य गर्न सकिने प्रमुख बीमा सेवाहरु तथा प्रदेश सरकारसँग राष्ट्रिय बीमा कम्पनीको अपेक्षालगायत विषयमा कोइरालाले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्री तथा राज्यमन्त्री, मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.