अर्घाखाँचीमा दुई युवतीबीच विवाह, डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए

रूपन्देही : अर्घाखाँचीमा दुई युवतीले बिहे गरेका छन् । विवाहपछि जोडीले ‘समलिंगी विवाह दर्ता’ गराएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी फूलमाया (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी निरमाया (नाम परिवर्तन) ले यही २०८२ जेठ १८ गते विवाह गरेका थिए । अर्घाखाँचीको एक वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो । २३ वर्षीया फूलमाया र २० वर्षीया निरमाया आवश्यक कागजातसहित बिहे दर्ताका लागि कार्यालय आएको वडासचिवले बताए ।

‘सुरूमा अन्यौलताजस्तै भयो । सम्बन्धित ठाउँमा सोधपुछपछि विवाह दर्ताको प्रमाणपत्र दियौं’, ती सचिवले भने । विवाह दर्तामा अर्घाखाँचीकी फूलमायालाई ‘दुलहा’ र कपिलवस्तुकी निरमायालाई ‘दुलही’ उल्लेख गरिएको छ । पछिल्लो डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए । पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएसँगै यो क्रम बढेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.